भुतले गर्भवती बनाएको भन्दै प्रहरीमा उजुरी

काठमाण्डु टुडे २०७१ भदौ २१ गते ६:५९ मा प्रकाशित

एजेन्सी– समाजमा भुत हुन्छ र हुँदैन भन्ने विवाद लामो समयदेखि जारी छ । भुत हुन्छ र हुँदैन भन्ने दुवैको संख्या धेरै छ ।

sexभुत हुन्छ भन्ने विश्वास गर्नेले पनि ऊ अदृश्य हुन्छ भन्ने ठान्छन् । तर भुतसँगै जोडिएर भारतमा एउटा आश्चर्य लाग्दो घटना भएको छ, जो पत्याउनै कठिन छ ।

भारत उत्तराखण्डकी एक महिलाले आफूलाई भुतले गर्भवती बनाएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले भुतबाट आफूले जुम्ल्याहा बच्चा जन्माएको दाबी गरेकी छन् ।

त्यो भन्दा पनि रोचक कुरा त के छ भने भुतसँगको सहवासबाट जन्मिएका दुवै बच्चा गायव भएको दाबी उनले गरेकी छन् । हरिद्वारा प्रहरीमा उनले दर्ता गराएको उजुरीमा आफूलाई गर्भवती बनाउने भुतलाई कारबाही गर्न र बच्चा खोजिदिन भनेकी छन् ।

प्रहरीका अनुसार २७ वर्षीया ती युवती पेशाले इन्जिनियर हुन् । प्रहरीले उनको दिमागले काम नगरेको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us