वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई

काठमाण्डु टुडे २०८२ वैशाख १७ गते १७:५८ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– वैदेशिक रोजगार विभागको महानिर्देशकमा कमल प्रसाद भट्टराईलाई पठाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको रूपमा कार्यरत भट्टराईलाई विभागको महानिर्देशकमा पठाएको हो। श्रम मन्त्रालयले सुर्यबहादुर खत्रीको सरुवा गरेर मन्त्रालयमा फिर्ता बोलाएको थियो ।

उनको ठाउँमा सहसचिव जीवलाल भुसाललाई विभाग पठाएको थियो । तर, एक महिना पुग्न लाग्दा समेत भुसाल जान नमानेपछि मन्त्रालयले भट्टराईलाई पठाउने निर्णय गरेको हो ।

भुसालले मन्त्रालयभन्दा बाहिर नजाने अडान लिएका थिए। त्यसपछि सरूवा भएको एक महिना पुग्न लाग्दा समेत उनी जान मानेका थिएनन् । उनी जान नमानेपछि श्रम मन्त्रालयले श्रमजन्य विभागका महानिर्देशक भट्टराईलाई पठाएको हो। श्रमजन्य विभागमा भने श्रम मन्त्रालयका सहसचिव चक्रपाणी पाण्डेलाई पठाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us