
काठमाण्डू, १७ वैशाख–शिक्षकसँग भएको वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयमा सुरू भएको वार्तामा गृहमन्त्री लेखक समेत सहभागी भएको शिक्षामन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यसअघि मंगलबार रातिसम्म भएको वार्तामा समेत गृहमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी भएका थिए । बुधबार सहमतिलाई अन्तिम रूप दिनेगरी वार्तामा सुरु भएको हो ।
त्यसका लागि नेपाल शिक्षक महासंघका अध्यक्षसहितका पदाधिकारी तथा महासंघमा आबद्ध शिक्षक संगठनका पदाधिकारी सहभागी भएको स्रोतले जानकारी दिएको छ । बैठकमा नेकपा एमाले प्रमुख सचेत महेश वर्तौला समेत सहभागी रहेका छन ।