
काठमाण्डु, २१ भदौ– बलिउड अभिनेत्री प्रिति जिन्टाले पूर्वप्रेमी नेस बाडियामाथि लगाएको यौन दुव्र्यवहारको आरोप गलत सावित भएको छ ।
उनका पूर्वप्रेमीविरूद्ध लगाइएको मुद्धामा साक्षी रहेका ४ जनाले आफूले त्यस्तो कुनै गतिविधि नदेखको बताएपछि उक्त आरोप झुठो सावित भएको हो ।
गत ३० मेमा आइपीएल भइरहेका समयमा आफूमाथि रंगशालामै बाडियाले यौन दुव्र्यवहार गरेको भन्दै प्रितीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
खेल हेर्न रंगशालामा उपस्थित रुस्तम लायर, उनकी पत्नि गिया लायर, उद्योपति निकोलस चेन र सुमित्रा श्रीवास्तसहितका साक्षीले प्रहरी कार्यालयमा दिएको बयानका क्रममा आफूले त्यस्तो केही नदेखेको बताएका हुन् ।
अदालतमा उनीहरुले प्रीति र बाडीयाबीच कुराकानी भएको देखे पनि त्यस्तो कुनै घटना नभएको बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले निकोलशले प्रितिको हातसमेत नछोएको बताएका छन् ।