
काठमाण्डू, ११ वैशाख– प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर काँग्रेस शीर्ष नेताहरुको अभिव्यक्ति सार्वजनिक भइरहेका बेला माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सो पार्टीका सभापति शेरबहादुर देउवाको
टोलिफोन संवाद भएको खुलासा गरेका छन् । उनले बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको दल बैठकमा थाइल्याण्ड जानुअघि देउवाले आफूलाई टेलफोन गरेको बताए ।
एक सांसदका अनुसार प्रचण्डले देउवाले आफूलाई उपचारका लागि बैंकक जान लागेको जानकारी दिएको उल्लेख गरे ।
जवाफमा आफूले शुभयात्रा भनेको प्रचण्डको भनाइ छ । उनले वर्तमान सरकार धेरै पर जाने सम्भावना नरहेको दाबी गरे । यद्यपि प्रचण्डले सरकारमा जानेबारे आफूहरुले केही नसोचेको बताए ।
‘यो सरकार अब लामो जाने जस्तो देखिँदैन’, उनले भने, ‘तर, सरकार ढाल्ने खेलमा छैनौं । यद्यपि आफूहरुले कहिल्लै सरकारमा जाँदै नजाने भनेर बाचाबन्धन पनि नगरेको तर्क प्रस्तुत गरे ।
ती सांसदका अनुसार केपी ओली थप सरकारमा बसेमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नै जान सक्ने खतरा औंल्याए । उनले देउवा फर्किएपछि फेरि कुराकानी हुने संकेत गरे ।