शशांक कोइराला निवासमा काँग्रेस नेताहरुको बैठक

काठमाण्डु टुडे २०८२ वैशाख ११ गते १२:३० मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– कांग्रेस नेताहरुको एक समूहको पूर्वमहामन्त्री
शशांक कोइराला निवास महाराजगञ्जमा बैठक बसेको छ ।

बैठमा अधिकांश सभापति शेरबहादुर देउवा पक्षधर पूर्वपदाधिकारी थिए ।

पूर्वउपसभापतिहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री एवं प्रवक्ता प्रकाशशरण महत कोइराला निवास पुगेका थिए ।

बैठकमा एनपी साउद, दिलेन्द्र बडू, पुष्पा भुसाल, नैनसिंह महर, दीपक खड्का, गुरू बराल, अम्बिका बस्नेत, शिव हुमागाईं, राजीब ढुंगाना, उर्मिला थपलिया र सांसद राजेन्द्र बजगाईंलगायत थिए ।

एक नेताका अनुसार वर्तमान सत्तासमीकरण, समसामयिक राजनीतिक विषय, तथा आसन्न १४औं महाधिवेशनलगायत विषयमा छलफल भएको थियो ।

यसअघि ती नेताहरुको यस्तै बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंह र पूर्वउपसापति निधि निवासमा बसेको थियो ।

यही समूहले सभापति शेरबहादुर देउवालाई भेटेर आफूहरुमध्येबाट भावी नेतृत्वमा कसलाई अगाडि बढाउने भन्ने सोधेका थिए ।

देउवाले सरसल्लाह गरेर कोही एक जनाको नाम दिन भनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us