प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने अनलाइनमाथि सर्वोच्चले के गर्दैछ कारबाही ?

काठमाण्डु टुडे २०८२ वैशाख १० गते १३:४६ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको समाचार प्रकाशित गर्ने एक अनलाइन पत्रिकामाथि सर्वोच्च प्रशासनले कारबाही अघि बढाएको छ ।

प्रधानन्यायाधिशविरुद्ध अफवाह फैलाएको आरोपमा नेपाल पेन नामक अनलाइनमाथि अवहेलनामा कारबाही माग गर्दै सर्वोच्चमा प्रतिवेदन पेश भएको हो ।

सर्वोच्चका कर्मचारीद्वय कमला रेग्मी र रमेश बजगाईंले उक्त अनालनमाथि अवहेलनामा कारबाही माग गर्दै सर्वोच्चमा प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमाथि न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई हुने बताइएको छ ।

नेपाल पेन डटकमले पूर्वराजा शाहलाई प्रधानन्यायाधीश राउतले भेटेको भन्दै समाचार लेखेको थियो । यद्यपि अहिले उक्त समाचार हटाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us