
काठमाण्डू, ९ वैशाख– भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन् ।
दुई दिने भ्रमणका सिलसिलामा उनी मंगलबार काठमाण्डू आइपुगेका हुन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय दूतावास र ऊर्जा मन्त्रालयका अधिकारीले स्वागत गरे ।
ऊर्जामन्त्री दीपक खड्काले गत माघ अन्तिममा दिल्ली पुगेका बेला खट्टरलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।
ऊर्जामन्त्री खड्का र उनका भारतीय समकक्षी खट्टरले कोशी करिडोरमा निर्माण भएको इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन, २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।