
काठमाण्डू, ७ वैशाख– सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको हिमा गाउँपालिका–४ घर भएका करिब ५५ वर्षीय कालीबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जानकारी दिएको छ ।
रेडियो नेपालको कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका बुढाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि सुर्खेत प्रहरीले जनाएको छ ।