
काठमाण्डू, ६ वैशाख– रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।
गिरीको गेटले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुमले जाजकारी दिएको छ । शनिबार दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किदा गिरीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिएका छन ।
उनका अनुसार घटना भएको खबर पाए लगत्तै प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन ।