पुरानाे प्रतिवेदन पल्टाएपछि तीन दलकाे बैठक निश्कर्षविहिन

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ८:०५ मा प्रकाशित

काठमाण्डु, १९ भदाै  – संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको बैठक बिना निश्कर्ष टुंगिएको छ । संघीयता र राज्यपुर्नसंरचनाको बिषयमा सहमति जुटाउन सिंहदरबारमा बसेको बैठकमा दलहरुले पुराना अडान नछाेडेपछि बिना निश्कर्ष टुंगिएको हाे ।

tin dalबैठकमा तीन ठूला दलका शीर्ष नेताहरु सहभागी थिए ।

अघिल्लो संबिधानको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समिति र राज्य पुर्नसंरचनाको आयोगको प्रतिवेदन बोकेर बैठक बसेका दलहरुबीच प्रदेशको संख्या, नामाकरणमा कुरा नमिलेको हो ।

बैठकपछि प्रतिक्रिया दिंदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरुबीच ठोस छलफल हुन नपाएको बताए । बैठक भोलि बिहान ८ बजे बस्ने गरी टुंगिएको छ ।

आजै साँझ तीन दलले संबिधान सभा बाहिर रहेको नेकपा-माओवादीसँग छलफल गर्ने छन् ।

मुख्य विवादित बिषय संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा साझा धारणा बनाएका सत्तारुढ दल कांग्रेस र एमालेले आज एमाओवादीसँग सहमति गर्ने योजना बनाएका थिए ।

संघीयतामा केही लचकता अपनाएर शासकीय स्वरुपमा एमाओवादीलाई सहमतिमा ल्याउने उनीहरुको योजना थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us