सामुदायिक अस्पतालमा भेन्टिलेटर सेवा

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ६:०१ मा प्रकाशित

गाेरखा, १९ भदाै –   गोरखाको आँपपिपल सामुदायिक अस्पतालमा गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटर प्रयोग गरेर उपचार गर्न थालिएको छ ।

ventilatorजटिल खालका बिरामीको शल्यक्रिया गर्दा भेन्टिलेटरको प्रयोग गर्न थालेको अस्पतालका निर्देशक क्षितिजचन्द्र पोखरेलले जानकारी दिए ।

शल्यक्रियाको अवस्थामा बिरामीको श्वासप्रश्वास र मांसपेशी पूर्ण रुपमा बन्द हुने भएकाले बिरामीलाई सामान्य अवस्थामा फिर्ता ल्याउन र जटिल प्रकारका बिरामीको फोक्सोमा हावा भर्नका लागि पनि भेन्टिलेटर प्रयोग गरिने उनको भनाइ छ ।

सजिलै एक ठाउँबाट अर्को ठाउँमा उक्त मेसिन बोकेर लैजान सकिने र बिरामीलाई कति श्वास पठाउने निर्धारण भेन्टिलेटरले गर्ने उनले बताए ।

पच्चीस शययाको सो अस्पतालमा गोरखा क्षेत्र नं २ का पालुङटार, च्याङ्ली, मिरकोट, धुवाकोट, गाईखुर, खोप्लाङ, हर्मी, छोप्राक, थालाजुङ, केराबारी, हंशपुर, खरिबोटलगायत गाविसका बिरामी पुग्ने गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us