रक्सी खाएर हल्ला गर्नेलाई सम्झाउन गएकी महिलाको हत्या

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ४:५९ मा प्रकाशित

झापा, १९ भदौ– झापाको चन्द्रगढीमा गएराति एक महिलाको हत्या भएको छ ।
छिमेकमा जाँडरक्सी खाएर होहल्ला गरेका युवालाई सम्झाउन गएका बेला उनको हत्या भएको प्रहरीले जनाएको छ । चन्द्रगढी–४ घोडामारामा स्थानीय सुकवती राजवंशीको घरबाहिर मादकपदार्थ सेवन गरेका युवाले होहल्ला गरेपछि उनी सम्झाउन गएकी थिइन् ।

उनीमाथि स्थानीय २२ वर्षीय श्यामलाल सतारले घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकरी प्रहारबाट गम्भीर घाइते सुकवतीको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न तीनमध्ये २८ वर्षीय विपुल राजवंशी पक्राउ परेका छन् । रमेश सतार र श्यामलाल सतार फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us