निजी अस्पतालमा बिरामी तान्न दलाल

काठमाण्डु टुडे २०७१ भदौ १९ गते २:०८ मा प्रकाशित

विराटनगर, १९ भदौ– क्षेत्रीय स्तरको मानिने कोसी अञ्चल अस्पतालको बहिरंग विभागका सबै एकाइमा बिरलै चिकित्सक हुन्छन् ।
त्यसैले सम्बद्ध एकाइको पुर्जी नै काटिँदैन । त्यहाँ आउन मन नगर्ने चिकित्सकहरु निजी क्लिनिक वा नर्सिङ होममा चाहिँ सजिलै भेटिन्छन् ।

विकास समितिले नियुक्त गरेका २५ र अस्पतालकै दरबन्दीका ५० गरी अस्पतालमा ७५ चिकित्सक हुनुपर्ने हो । तर, धेरै एकाइका सेवा स्वास्थ्थ सहायक र नर्सहरुकै भरमा चलेका छन् । अस्पताल आसपास एक दर्जन साना अस्पताल, तीन दर्जन चिकित्सक र प्याथोलोली ल्याव छन् ।

रोग विशेषका चिकित्सक नपाई अलमलिने बिरामीलाई रिक्सा चालकले नजिकका नर्सिङ होम र क्लिनिक पुर्याइदिन्छन् । त्यसबपत उनीहरुले कमिसन पाउँछन् । अञ्चल अस्पतालकै नजिक गोल्डेन, रक्षा, श्री, सिटी विराटनगर, ग्रिनलगायतका निजी अस्पताल छन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us