
काठमाण्डु, १९ भदौ– भक्तपुरमा आत्महत्या गर्नेको संख्यामा १९ प्रतिशतले बृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षमा ४१ जनाले आत्महत्या गरेमा गत आर्थिक वर्षमा ५३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आत्महत्या गर्नेमध्ये झुन्डिएर मर्नेको संख्या अधिक छ । ५३ जनामध्ये ३७ जनाले झन्डिएर आत्महत्या गरेका थिए ।
त्यस्तै विष सेवन गरेर १३ र आगो लगाएर एकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा युवतीको संख्या बढी रहेको डिएसपी श्याम अधिकारीले बताए । उनका अनुसार प्रेममा धोका पाएपछि धेरैले आत्महत्या गरेका हुन् ।
नागरिक दैनिकबाट