पर्वत, १९ भदौ– श्रीमान र श्रीमतीको एकै समयमा मृत्यु भएको घटना बिरलै सुनिन्छ ।
पर्वतको बाजुङमा भने श्रीमान बितेको दुई घन्टामा श्रीमती पनि बितिन् । बाजुङ–९ का ९१ वर्षीय रुद्रबहादुर विक र ८१ वर्षीया छलिदेवीको एकै दिन मृत्यु भएपछि दाहसंस्कार पनि एउटै चितामा गरिएको छ ।
श्रीमानलाई ज्वरो आएपछि श्रीमती छलिदेवी पनि सँगसँगै मर्ने हो भन्दै चार दिनदेखि खाना नखाई बसेकी थिइन् । ‘म श्रीमानसँगै मर्ने हो ,उहाँको मृत्यु भएमा एक्लै बस्न सक्दिन भन्दै खाना नै नखाई बस्नुभएको थियो’ स्थानीय भक्त कुँवरले भने, ‘चाहे जसरी नै दुई घन्टाको फरकमा दुवैजनाको मृत्यु भयो ।’
रुद्रबहादुरको मंगलबार साढे १० बजे मृत्यु भएको हो भने श्रीमती छलिदेवीको दिउँसो १२ बजे मृत्यु भएको हो ।
नयाँ पत्रिकाबाट