‘चुच्चे नाक काटिन्छ, आलो रगत चाटिन्छ’ भन्ने आङकाजीको दाबी, ‘मैले बाहुन–क्षेत्रीको विरोध गरेकै छैन’

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १५:०३ मा प्रकाशित

पाँचथर, १८ भदौ– संघीय समाजवादी पार्टीका नेता आङ्काजी शेर्पाले आफूले बाहुन, क्षेत्रीलाई गाली नगरेको दाबी गरेका छन् ।
ankajiपार्टीको जनजागरण कार्यक्रमका सिलसिलामा पाँचथर पुगेका शेर्पाले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो बदनाम गराउन बाहुन–क्षेत्रीविरोधीको आरोप लगाइएको बताए । संघीयताको एजेण्डा कमजोर बनाउने उद्देश्यले त्यस्तो प्रचार गरिएको उनको भनाइ थियो ।

शेर्पाले आफूले बाहुन–क्षेत्रीलाई गाली गरेको प्रमाण जुटाउनेलाई ५ लाख इनाम दिने र राजनीतिबाटै सन्यास लिने जिकिर गरे । ‘पहिचानसहितको संघीयताको मुद्धा तुहाउन ममाथि बाहुन–क्षेत्रीविरोधीको आरोप लगाइएको हो’, शेर्पाले भने, ‘मैले बाहुन–क्षेत्रीलाई गाली गरेको प्रमाण कसेले ल्याउँछ भने ५ लाख इनाम दिन्छु र राजनीतिबाट पनि सन्यास लिन्छु ।’

उनले आफूले कहिल्यै पहिचानसहितको संघीयताको विरोध गर्नेको जिब्रो थुतिदिने अभिव्यक्ति नदिएको उनले बताए । जनजाति आन्दोलन उत्कर्षमा पुगेका बेला उनले बाहुन क्षेत्रीलाई लक्षित गरी ‘चुच्चे नाक काटिन्छ, आलो रगत चाटिन्छ’ भन्ने साम्प्रदायिक अभिव्यक्ति दिएका थिए ।

शेर्पाले संविधानसभाबाट जातीय पहिचानसहितको संघीय संविधान नबने मुलुक गृहयुद्धमा धकेलिने चेतावनी दिए । शेर्पाले प्रमुख दलले
गत संविधानसभा निर्वाचनमा पहिचान पक्षधर दल पराजित भएको हल्ला चलाएर पहिचान र संघीयताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाए । अर्को एक फरक प्रसंगमा शेर्पाले

हालै संघीय समाजवादी छाडेर एमाले फर्केका विजय सुब्बा स्वार्थी र आत्मसमर्पणवादी भएको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us