सर्पको टोकाइबाट दिदीबहिनीको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १४:२८ मा प्रकाशित

snakeकैलाली, १० भदौ– कैलालीको उदासिपुरमा सर्पको टोकाइबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदासिपुर–१ का २० वर्षीया कमला धामी र उनकी बहिनी ८ वर्षीया मिना धामी छन् ।

राति सुतेका बेला उनीहरुलाई बिहान  २ बजेतिर करेत नामको सर्पले टोकेको थियो । उनीहरुको मसुरियास्थित नेपाली सेनाको राष्ट्र विकास गणमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us