नापीका हाक्किम घूस लिँदालिँदै पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– नापी कार्यालय चावहिलका सर्वेक्षक शिवनारायण यादव घूस लिँदालिँदै पक्राउ परेका छन् ।

वाग्राहीसँग घूस लिइरहेका बेला उनलाई बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओम अस्पताल नजिकैबाट पक्राउ गरेको हो ।  यादवको साथबाट घूस लिएको ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us