लागुऔषध कारोबारीको ठूलो गिरोह पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १३:४३ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– प्रहरीले राजधानीमा सक्रिय लागुऔषध कारोबारीको ठूलो गिरोहलाई पक्राउ गरेको छ ।

लागुऔषध कारोबारमा संलग्न गिरोहका ८ जना बुधबार काठमाण्डुबाट पक्राउ परेका हुन्  । प्रहरीले उनीहरुको साथबाट ९२ दशमलब १९ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक नवलपुर–९ का प्रेम तामाङ, मनिष श्रेष्ठ, विशाल लामा, ग्याल्वो लामा, वसन्त तामाङ, नवलपुर–४ का कर्णबहादुर तामाङ, नवलपुर–५ का हेमबहादुर तामाङ र बाडेगाउँ–९ का बेलबहादुर नकर्मी छन् ।

उनीहरुको उमेर  १८ देखि २२ वर्षसम्म छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us