काठमाण्डू, १ चैत– सत्ता घटक दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक आगामी ४ चैतमा दिनको १ बजे एमालेको मुख्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कार्यलयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन ।
उनले भने, ‘छलफलको एजेण्डा टुंगिन बाँकी छ, समसामयिक विषयहरु नै हुन्छन् होला ।’