गुडिरहेको गाडीबाट हामफाल्दा एक युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन ३० गते १२:५४ मा प्रकाशित

काठमाण्डू, १ चैत– सुर्खेत गाडीबाट हाम फाल्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेको जिल्ला प्रहरीले कार्यलय सुर्खेतले जानकारी दिएको छ ।

फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उनी अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेको छ । गएराति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिएका छन ।

गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us