बारीमा हात्ती धपाउन गएका बेला आक्रमणमा परी मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन २९ गते ९:४१ मा प्रकाशित

बर्दिया, २९ फागुन–बर्दियामा हात्ती आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका–२ बलातीका ६० वर्षीय बलिराम थारुको हात्ती आक्रमणबाट मृत्यु भएको हो ।

बर्दिया प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार बुधबार राति १२ बजेको समयमा जंगली हात्ती बारीमा परेपछि धपाउन जाँदा

थारु हात्ती आक्रमणमा परेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us