मन्त्रीहरुलाई चित्रबहादुरले सोधेः तपाईंहरुको सम्पत्ति कति छ र सार्वजनिक गर्न बाधा परेको ?

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १९:४५ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकारले गरेको सुशासनको गफ सत्तापक्षकै नेता कार्यकर्ता र सांसदले समेत नपत्याउने अवस्था आएको टिप्पणी गरका छन् ।

सरकारले संसदमा पेस गरेको प्रतिस्थापन विधेयकमाथिको छलफलमा मंगलबार बोल्दै उनले विधेयकको नाम सुशासन राखिएकामा आपत्ति जनाए । ‘जुन सरकारले अध्यादेशबाट शासन गर्छ, त्यो सरकारको सुशासनको कुरा पत्याउने कसले ?’, उनले प्रश्न गरे ।

केसीले वर्तमान सरकारका मन्त्रीहरुले सात महिनासम्म सम्पत्ति विवरणसमेत सार्वजनिक गर्न नसकेको भन्दै आपत्ति जनाए । ‘सात महिनासम्म तपाईंहरूले किन सम्पत्ति विवरण बुझाउन सक्नुभएन ?’, उनल भने, ‘तपाईंहरूसँग कति सम्पत्ति छ र बाधा परेको हो ? ।’

सरकारको गलत क्रियाकलापकै कारण लोकतन्त्र र गणतन्त्र घेरामा परेको भन्दै तत्काल सच्चिन केसीले आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us