अग्नि सापकोटाविरुद्धको मुद्धा हेर्दा हेर्दैमा

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १९:०० मा प्रकाशित

काठमाण्डू, २८ फागुन– सर्वोच्च अदालतले माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासले मंगलबार उक्त मुद्दा हेर्दाहेर्दैमा राख्न आदेश गरेको हो ।

उक्त मुद्दामा आगामी २७ चैतमा सुनुवाइ हुने भएको छ । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी मुद्धा अभियोगमा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छ ।

१६ वैशाख २०६२ मा माओवादीबाट अपहृत लामाको शव असार दोस्रो साता बुढाखानी गाविसको चारकिल्लामा फेला परेको थियो ।

हत्यामा सापकोटा संलग्न भएको भन्दै मृतक पत्नी पुर्णिमायाले सर्वोच्चमा मुद्धा दायर गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us