काठमाण्डू, २८ फागुन– प्रहरीले रौतहटबाट भन्सार छलीको विभिन्न किसिमका सामान र २ मोटरसाइकलसहित एकजना युवकलाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतीय बजारबाट भन्सार छली भित्र्याएको १ लाख ७५ हजार बराबरको मोटर पार्ट्स, कपडा किराना र विआर ३० एक्स २४०७ र विआर ०५ जेड ७२६८ नम्बरको मोटरसाइकलसहित प्रहरीले गौर नगरपालिका ४ टीकुलियाका २५ वर्षीय भोला साहलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले पक्राउ गरेको युवक भोला साहलाई आवश्यक कारबाहीको लागि मङ्गलवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिएका छन । होलीको अवसर पारेर नेपाली र भारतीय तस्करहरू चोर बाटोमार्फत अवैध समान नेपाल भित्र्याउन प्रयासरत रहेको देखिन्छ।