शिवपुरी जंगलमा पुरुषको शव भेटियो

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १८:५४ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– काठमाण्डूको तार्केश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जंगलमा एक पुरूषको शव भेटिएको छ ।

तार्केश्वर–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन मृत भेटिएका प्रहरीले जनाएको छ ।

काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रहरीका अनुसार महर्जन गत १० फागुनदेखि हराइरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us