अब भ्रष्टाचारीलाई भोट हाल्न नपाइने

काठमाण्डु टुडे २०७१ भदौ १८ गते ७:४५ मा प्रकाशित

काठमाण्डु, १८ भदौ – नयाँ संबिधानमा भ्रष्टाचारीले आजिवन चुनावमा उम्मेदवारी दिन नपाउने प्रावधान राख्न दलहरुले सहमती जनाएका छन् ।

corruptionबुधबार विहान बसेको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको वैठकले यो बिषयमा सहमति गरेको हो ।

विद्यमान कानुनअनुसार अदालतबाट भ्रष्टाचार आरोप प्रमाणित भइ सजाय पाएका व्यक्तिले ६ बर्षसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै समिति सभापति बाबुराम भट्टराईले भ्रष्टाचारीलाई आजिवन उम्मेदवार बन्नबाट प्रतिबन्ध लगाउन सहमति जुटेको बताए ।

भ्रष्टाचारसहित नैतिक पतन हुने तथा गम्भीर अभियोग प्रमाणित भएकाहरुले पनि आजिवन उम्मेदवार बन्न पाउने छैनन् ।
आजै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, न्यायाधीशलगायत संबैधानिक निकायका पदाधिकारीको महाअभियोग सम्बन्धी बिषयमा पनि सममति जुटेको छ ।

गम्भीर अभियोग लागेका पदाधिकारीलाई तल्लो र माथिल्लो सदनको दुई तिहाई बहुमतले हटाउन महाअभियोग लगाएर हटाउन सक्ने प्रावधान राख्न सहमति जुटेको हो ।

महाअभियोग लगाएर हटाइएका पदाधिकारी कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने गरी प्रावधान राख्न सहमति जुटेको सभापति भट्टराईले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us