वीरगञ्ज, १८ भदौ – प्रहरीले वीरगन्जका अवैध यौन धन्दा सञ्चालन गर्दै आएका अखडामा छापा मारेको छ ।
छापा मार्ने क्रममा प्रहरीले १० महिला सहित ३ पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
पक्राउ परेकाहरु यौन व्यवसायमा सँलग्न रहेको प्रहरीले जनाएको छ । बसपार्क, भंसार र लक्षमणवा क्षेत्रमा प्रहरीले छापा मारेको हो ।
पर्सा कतिपय क्षेत्रमा अवैध रुपमा यौन धन्दा हुदैँ आएको छ । प्रहरीले बाँकी रहेका स्थानमा पनि छापा मार्ने जनाएको छ ।