वीरगञ्ज, १८ भदौ– गाँजा तस्करीको रकम बाँडफाडको विषयलाई लिएर पर्सामा प्रहरीबीच कुटाकुट भएको छ ।
जिल्लाको पश्चिम सीमास्थित पिडारी गुठीमा रहेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार खड्का र ईलाका प्रहरी कार्यालय सेढवाका घुमुवा प्रहरी जवान सुरेन्द्र कलवारबीच गाँजा तस्करबाट उठाउने महिनावारीको विषयमा कुटाकुट भएको हो ।
प्रहरी स्रोतका अनुसार
पिडारी गुठीका नाममा गाँजा तस्कारबाट उठाएको रकम आफूलाई नदिएको भन्दै खड्काले कलवारमाथि हात छाडेका थिए । त्यसपछि कलवारले पछि खड्कामाथि हात फर्काए ।
यो घटना इलाका प्रहरी कार्यालय सेढवाको परिसरमै भएको थियो । पर्सा प्रहरी प्रमुख एसपी दिवेश लोहनीले
आवश्यक कारबाहीका लागि दुवैलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको बताएका छन् ।