वीरगन्ज, १८ भदौ– वीरगन्ज भन्सार कार्यालयको हाताभित्र रहेको नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा भीषण आगलागी भएको छ ।
बिहान दुई बजेको समयमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । पाँचवटा दकमल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । गोदाममा खाद्यान्न र लत्ताकपडासहित सहित करोडौं मूल्यका सामान थिए ।