बागमतीमा नेता र मन्त्रीहरुको र्‍याफटिङ

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १:४१ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– बागमती सफा र स्वच्छ बन्दै गएको सन्देश दिन मंगलबार बागमतीमा मन्त्री, नेता, सरकारी कर्मचारी तथा कुटनीतिक raftingनियोगका पदाधिकारीहरुले र्‍याफटिङ  गरेका छन् ।

भविष्यमा स्वच्छ र हरियाली बागमती बनाउने भन्दै डेढ वर्षदेखि सुरु भएको बागमती सफाई अभियन पश्चात बागमती यतिबेला सफा बन्दै गएको छ । सफाई अभियानलाई निरन्तरता दिन र आम नागरिकलाई बागमती नदी र आसपासमा फोहोर फाल्न हुन्न भन्ने सन्देश फैलाउन मन्त्री तथा विशिष्ट व्यक्तिहरुले मंगलबार र्‍याफटिङ गरेका हुन् ।

बागमती सफाई महाअभियानअन्तर्गत बागमतीलाई छिटोभन्दा छिटो सफा, स्वच्छ र हरियाली बनाउने सन्देश दिँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कानुनमन्त्री नरहरि आचार्य, सहरी विकासमन्त्री नारायण खड्कासहित विभिन्न दलका नेताहरु त्था नेपाल सरकारका कर्मचारीहरुले गोठाटार पुलदेखि पशुपति क्षेत्रसम्म र्‍याफटिङ गरेका थिए ।

बिहान साढे सात बजे गोठाटारबाट सुरु भएको र्‍याफटिङ पशुपति क्षेत्रमा आएर सकिएको थियो । र्‍याफटिङ गर्नेहरुमा बागमति सफाई अभियानमा निरन्तर जुट्दै आएका मुख्यसचिव लीलामणि पौडेल, विभिन्न ९ वटा कुटनीतिक निकायका प्रतिनिधिहरु, नेपाल प्रहरीका उच्च पदाधिकारीहरु, चिकित्सक, कलाकार र विद्यार्थीहरु सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us