झलनाथ पत्नीले तीन पटकसम्म बाउन्स चेक दिएर झुक्याएपछि……..

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १:२४ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– पूर्वप्रधानमन्त्री झलनाथ खनालको लगानी रहेको माछापुच्छ्रे हर्वल प्रालिको आठ लाख २१ हजार एक सय ८० रुपैयाँको चेक Jn-n-Purna-shova-300x247बाउन्स भएको छ ।
पाँचथर भारपाका गजेन्द्र इधिंगोलाई जडिबुटी प्रशोधनसम्बन्धी काम गर्ने हेटौंडाको उक्त कम्पनीले दिएको चेक बैंकमा रकम नभएर तीन पटकसम्म फिर्ता भएको हो ।
कम्पनीकी प्रबन्ध निर्देशक तथा खनाल पत्नी रविलक्ष्मी चित्रकारले दिएको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक हेटौंडाको खाताबाट काटिएको ०६६००६१०१००००९८६८०००००१ नम्बरको चेक एसबीआई बैंक विर्तामोडबाट साट्न खोन्दा रकम नै नभएको पाइएको हो । कम्पनीका प्रतिनिधि इधिंगोले लौठसल्ला बिक्रिवापत गत साउन ३ मा चेक लिएका थिए ।

रकम नभएर चेक नसाटिएपछि किसानलाई संकलित लाठेसल्लाको भुक्तानी दिन नसकिएको उनले बताए । आफूले पटकपटक सम्पर्क गर्दा भोली–पर्सि हालिदिन्छु भनेर झुक्काएको उनले बताए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us