प्रमुख तीन दल संविधान चाहँदैनन्: थापा

काठमाण्डु टुडे २०७१ भदौ १७ गते १३:५३ मा प्रकाशित

विराटनगर, १७ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलका कारण आगामी माघ ८ गते संविधान जारी नहुने बताएका छन् ।

Kamalthapa
विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले काँग्रेस, एमाले र एकीकृत माओवादीको हठका कारण तोकिएकै समयमा संविधान नबन्ने बताएका हुन् । संविधानका मुख्य विवादित विषयमा छलफलै सुरु हुन नसकेको भन्दै उनले संविधान नबन्ने दाबी गरे ।

थापाले बहुमतको आडमा बनाइएको संविधान काम नलाग्ने भन्दै सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us