बुटवल, १७ भदौ– बुटवलमा एक कपडा व्यापारीको हत्या भएको छ । कपडा व्यापारी दिनेश श्रेष्ठ मंगलबार तिलोत्तमा नगरपालिकाको मौवाबारी नहरमा मृत भेटिएका हुन् ।
बुटवल राममन्दिर लाइनमा कपडा पसल सञ्चालन गर्दै आएका उनी आइतबारदेखि हराइरहेका थिए । उनको घाँटी भाँचिनुका साथै टाउकोमा चोट लागेकाले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले हत्याबारे छानबिन भइरहेको जनाएको छ । बुटवल उद्योगा वाणिज्य महासंघले उनका हत्यारा पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ । संघले हत्याको विरोधमा मंगलबार साँझ केहीबेर बजार–पसल बन्द गरे ।