काठमाण्डु, १७ भदौ– अख्तियारको मुद्धा मिलाई दिने भन्दै रकम असुलीमा सक्रिय गिरोह पक्राउ परेको छ ।
अख्तियार टोलीले २ लाख नगदसहित ५ मंगलबार पक्राउ गरेको हो । अख्तियारका अनुसार पक्राउ पर्नेमा माधव अधिकारी, जीवन बम, रामकुमार बस्नेत, रुपक केसी र राजु सुनार छन् ।
मुद्दा मिलाइदिने भन्दै २ लाख रकम दिँदै गर्दा उनीहरुलाई काठमाण्डुको दरबारमार्गस्थित रोयल साइनो रेष्टुरेन्टबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले बताए । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।