एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १३:१६ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

बैठक ललितपुरस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिएका छन ।

आजको बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनिमय, निर्देशिका, आचासंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समिक्षा, आन्दोलनद्धारा पार्टीको निमार्ण सम्बन्धी कार्ययोजनाबारे छलफल हुने ति नेताले जानकारी दिएका छन ।

यसअघि मङ्गलवार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us