३६२ ग्राम ब्राउन सुगरसहित नेपालगञ्जबाट एक भारतीय पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १६:४२ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– प्रहरीले ३६२ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीबाट प्रहरीले ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । यो परिमाणको ब्राउन सुगर ठूलो मात्रा रहेको ब्यूरोका एक अधिकृतले जानकारी दिएका छन । उनले भने, ‘१ मिलिग्रामको हिसाबले किनबेच हुने ब्राउन सुगर अहिले बरामद भएको ठूलो परिमाण हो ।’

अहमल लागूऔषध सेवनका साथै बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै आएको सूचना लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले प्राप्त गरेको थियो ।

असई नवीनकुमार शाहीसहित टोलीलाई ब्यूरोले परिचालन गरेको थियो । असई शाहीको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us