कांग्रेस सभापति देउवा भारत जाँदै

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाँदै छन ।

छिमेकी देश भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ ।

उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ । ४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ ।

यसअघि कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी लगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us