कैलालीमा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १२:३० मा प्रकाशित

कैलाली, ६ फागुन– कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको जानकी गाउँपालिका–५ को नवलपुरका ३० वर्षीय रामबहादुर कठरीया मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनी सोमबार दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत फेला परेको प्रहरीले जनाएको छ । कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ। दुवै घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us