
पोखरा, १६ भदौ– खसीको भन्दै बाख्रीको मासु बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको पूर्वीचम्पारण घर भई पोखरा सिर्जनाचोकमा मासु पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय किताब वुल्ला खान पक्राउ परेका हुन् । उनले बाख्रीको मासुलाई खसीको मासु भनी झुक्याएर उपभोक्ता ढगी गर्दै आएका थिए ।
बाख्रीको मासु खसीको मूल्यमा बेच्चै गरेको अवस्थामा वडा प्रहरी कार्यालय वैदामको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । खानविरुद्द कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।