अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ माघ २६ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, २६ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अपराधिहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको बताएका छन ।

नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन ।

पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी हाँकाहाँकी हिड्ने गरेको बताएका छन । प्रधानमन्त्री ओलीले यतिमात्रै नभइ अहिले सुन तस्करीले त भेट्यो भने प्रहरीलाई नै हप्काइदिने पनि बताएका छन । उनले भने, ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ ।

ओए‘ किन हेरेको भनेर ?’ उनले अघि भने, ‘झोलाभरि सुन हुन्छ तर, किन हेर्‍या भन्छ ? उल्टै हप्काउँछ ।’ उनले जमाना नै फेरिएको बताउँदै भलाद्मीर सोझासाझा बनेर तस्करी गर्ने गरेको संकेत गरेका हुन । उनले भने, ‘हामी जस्ता भलाद्मी सोझा सिधा इमान्दारलाई किन हेरेको छ हँ भनेपछि के हो के हो । ? …को हो म चिन्या छ हँ ..। भने पछि झन् के हो के हो…‘ यस्तो खाल्को जमाना छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले त्यसा प्रवृतिविरुद्ध निश्पक्षता र स्वतन्त्रताका साथ कठोर बनेर प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us