खानेपानीमन्त्रीको कार्यकक्ष जलेर नष्ट

काठमाण्डु टुडे २०८१ माघ २६ गते १०:०८ मा प्रकाशित

काठमाण्डू, २६ माघ- आगलागीका कारण जलेर सिंहदरबारस्थित खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्ष नष्ट भएको छ ।

मन्त्रालयको चौथो तलामा रहेको यादवको कार्यकक्ष जलेर नष्ट भएको हो ।

मन्त्रालयमा शनिबार बिहान ९ बजेतिर आगलागी सुरु भएको थियो । आगलागी एक घण्टामा नियन्त्रणमा लिइएको सिंहदरबार प्रहरी गणले जनाएको छ ।

सेना, प्रहरी, कर्मचारी र दुई दलमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका प्रहरीको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us