यूके पठाइदिन्छु भन्दै साढे ३७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ २१ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, २२ माघ– प्रहरीले यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाण्डूको टेकुबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई हाल काठमाण्डू महानगरपालिका–२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरी रहेको प्रहरीले जानकारी दिएको छ ।

पीडितको उजुरीको आधारमा आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यूके पठाइदिन्छु भन्दै पीडितसँग ३७ लाख ५० हजार रूपैयाँ लिएर मदन सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us