रौतहट, २० माघ– आमजनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
रौतहट–३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका साहविरुद्धको मुद्धामा सुनुवाई गर्दै न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
साहले सामाजिक सञ्जाल फेसबुकमा रौतहटका न्यायाधीशलाई सामाजिक सञ्जालमा ‘नेताका झोले कार्यकर्ता’ को संज्ञा दिएका थिए ।
साहविरुद्ध बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले अदालतको मानहानी गरेको भन्दै शुक्रबार जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।
साहको नाममा निवेदकको मागबमोजिम तपाईंलाई किन सजाय हुन नपर्ने भनी कारण देखाउ आदेश जारी भएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
सडक निर्माणको विषयलाई लिएर साह र मेयर यादवबीच लामो समयदेखि टकराव हुँदै आएको छ ।