काँग्रेसले देशको नेतृत्व लिने सम्भावना छः देउवा

काठमाण्डु टुडे २०८१ माघ २० गते १९:४६ मा प्रकाशित

काठमाण्डू, २० माघ– कांग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसले मुलुकको नेतृत्व लिने सम्भावना रहेको बताएका छन् ।

काँग्रेस पोखरा महानगर समितिको तेश्रो सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले एकढिक्का भएर अघि बढे मुलुकको नेतृत्व काँग्रेसको हातमा आउने बताए । काँग्रेसले राष्ट्र, प्रजातन्त्र, मानवीय मूल्य र राष्ट्रियताका लागि ठूलो योगदान गरेको उनको भनाइ थियो ।

‘यो देशका लागि काँग्रेसको धेरै ठूलो योगदान छ’, उनले भने, ‘काँग्रेसको जिम्मेवारी पनि छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us