चौराहमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ २० गते १८:०२ मा प्रकाशित

बुटवल, २० माघ– बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ८८६ नम्बरको ट्रकले सोही दिशामा रहेको लु९४प ८५९४ को स्कुटरलाई चौराह चोकमा पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक बुटवल–१० कालिकानगरका ७० वर्षीय धनबहादुर पुनको मृत्यु भएको हो ।

आइतबार दिउँसो चार बजेको समयमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका पुनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि ट्रक चालक नवलपरासीका पूर्णबहादुर गुरौ भागेका थिए ।

उनलाई प्रहरीले तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलबाट नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us