स्वागत मन्तव्य दिएर ओर्लिएका वडाध्यक्षको हृदयाघातबाट मृत्यु

काठमाण्डु टुडे २०८१ माघ १९ गते १८:०० मा प्रकाशित

काठमाण्डू, १९ माघ– राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वीनवलपरासीको कावासोती नगरपालिका– १ का वडाध्यक्षको हृदयाघातका कारण निधन भएको छ ।

राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिवसमेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको निधन भएको उनको पारीवारीक स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए ।

तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मिया फर्किन सकेनन् । मियाको उपचारको क्रममा दिउँसो २ः ४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जानकारी दिएको छ । ३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us