काठमाण्डू, १९ माघ– रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने रौतहको गरूडा नगरपालिका– ४ बस्ने २९ वर्षीय रामजी साह रहेको प्रहरीले जानकारी दिएको छ ।
साहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहले जानकारी दिएको छ । सोही नगरपालिका–१ जयनगरस्थित निर्माणाधिन समुदायिक भवनको छतको नापी गर्न आएका गरूडा नगरपालिकामा कार्यरत साहलाई छतको छेउमा रहेको एघार हजार भोल्टको विद्युतिय तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भई उपचारको लागि गण्डक अस्पताल वीरंगज पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले आवाश्यक अनुसन्धान गरीरहेको छ ।