कांग्रेस महामन्त्री शर्माले भनेः ‘प्रश्न गर्दा नयाँ पार्टीले महामन्त्रीलाई चार पाटा मोडेर चार भन्ज्याङ कटायो’

काठमाण्डु टुडे २०८१ माघ १९ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, १९ माघ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र विवाद हुने र भइरहने बताएका छन । आज शनिबार चितवनमा आयोजित १०० दिने अभियान अन्तर्गतको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन ।

उनले कांग्रेसमा जीवन्त पार्टीभित्र विवाद, छलफलका विषय सामान्य रहेको बताएका छन । उनले भने, ‘कांग्रेसभित्र विवाद हुन्छ, भइरहन्छ। प्रश्न गर्न निषेध गर्ने दल कांग्रेस होइन, तर, ती विवादको समाधान पनि हुँदै गर्छ । यही लोकतान्त्रिक पद्धति हो ।’ तर ‘कतिपय दल प्रश्न नै गर्न नपाइने दल’ रहेको उनले बताए। ‘जहाँ प्रश्न निषेध गरिएका दल छन् ।

हाम्रो दल त्यस्तो होइन ।’ आफूले संसद्मा कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँसँग प्रतिस्पर्धा गर्ने भीम रावल कहाँ हुनुहुन्छ ?’ भनेर सोधेको पनि उनले सम्झाए ।

‘यही कुरा नयाँ दलमा खोजे पाइन्न। नयाँ अर्को पार्टी खुलेको छ, उसले लोकतान्त्रिक प्रवृत्ति हामीभन्दा राम्रो देखाओस्, उनले भने ,‘होइन, एक जना महामन्त्रीजीले गम्भीरतापूर्वक भर्खर खुलेको पार्टी रूपान्तरण गर्नुपर्छ भनेको चार पाटा मात्रै मोडिएन, चार भन्ज्याङ कटाइयो।’

त्यो अवस्था कांग्रेसभित्र नरहेको महामन्त्री शर्माले दाबी गरे। ‘कांग्रेस पार्टीको महामन्त्री सभापतिलाई प्रधानमन्त्री धेरै पटक भइसक्नुभयो, अब नहुनुस् अथवा सबै काम गर्नुभयो त्याग गर्नुस् भन्दा केही भएको देख्नुभयो ?’उनले प्रश्न गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us